एक्कासी बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

रामेछाप खबर संवाददाता

काठमाडौं, ५ माघ ।

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो। सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ।

सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ।

हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।
मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको भनाइ छ।
त्यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर १३४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।
अर्धमासिक रुपमा करिब ४९ करोड घाटा हुने निगमको अनुमान छ।