दुई लाखभन्दा कममै पाइन्छन् हिरो स्कुटर, कुनको मूल्य कति?

रामेछाप खबर संवाददाता

काठमाडौं, ५ माघ ।

लकडाउन पछि दुइपांग्रे सवारीसाधनको माग उच्च छ। कोरोना संक्रमणको जोखिम र लकडाउन पछि सरकारले गरेको जोर/बिजोर प्रणलीको कारण दुई पांग्रे सवारी साधन धेरै बिक्री भएको जानकारहरु बताउँछन्।
चार पाङ्ग्रे सवारीको तुलनामा सस्तो र स–साना बाटोमा पनि सजिलै चलाउन सकिने कारण यसको लोकप्रियता बढेको हो।

नेपालमा चर्चित दुई पाङ्गे सवारीसाधन मध्य ‘हिरो’ पनि एक हो। मध्यम रेन्जको स्कुटर किन्न चहानेलाई यो राम्रो विकल्प हुन सक्छ। सामान्यतया प्रतिस्पर्धी ब्रान्डका स्कुटरको तुलनामा हिरोका स्कुटर सस्तो छ।
ब्रान्डको हिसावले पनि चर्चित भएकोले धेरै ग्राहकको रोजाइमा परेको हो। हिरोको स्कुटर दुई लाखभन्दा कममै पाइने कम्पनीले बताएको छ।

यहाँ हिरोका मोटरसाइकल र स्कुटरको मूल्य उल्लेख गरिएको छ।
प्लेजर १०२ – १ लाख ७६ हजार ५ सय
प्लेजर ११० – १ लाख ८९ हजार
डोएट भिएक्स – १ लाख ९२ हजार
मेस्ट्रो एज – १ लाख ९४ हजार
हिरो डेस्टेनी – २ लाख १० हजार