आइसक्रीमका बट्टामा भेटियो कोरोनाभाइरस

रामेछाप खबर संवाददाता

काठमाडौं, ४ माघ ।

चीनको तियानजिन नगरपालिकामा आइसक्रीमका थुप्रै बट्टामा कोरोनाभाइरस भेटिएपछि अधिकारीहरू संक्रमित व्यक्तिहरूको पहिचानमा जुटेका छन् ।
स्थानीय स्तरमा उत्पादित आइसक्रीमका तीनवटा स्याम्पलमा कोरोना भेटिएको हो ।
लगभग ४८ सय ३६ बक्समा कोरोना भेटिएको तियानजिन दाकियाओदाओ फूड कम्पनीले जनाएको छ । तीमध्ये २ हजार ८९ वटालाई सील गरिएको छ ।

बाँकी १८ सय १२ वटालाई अन्य प्रान्तमा पठाइसकिएको थियो र ९३५ वटा स्थानीय बजारमा गइसकेका थिए । तर ६५ वटा मात्र बिक्री भएको चाइना डेलीले खबर दिएको छ ।

कम्पनीका १६ यि ६२ कामदारलाई सेल्फ आइसोलेसनमा बस्न भनिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण पनि गरिएको छ ।
लीड्स विश्वविद्यालयका भाइरोलोजिस्ट डा स्टिफन ग्रिफिनले मानिसको सम्पर्कमा आइसक्रीम कोरोना पोजिटिभ देखिएको हुन सक्ने र यो एक्लो घटना भएको बताए ।
यसबाट आत्तिनुपर्ने कारण नरहेको उनको भनाइ छ ।

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार तत्काल वर्षा हुने सम्भावना भने रहेको छैन । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको बताइएको छ ।

वर्षा हुनका लागि प्रयाप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । गत वर्ष डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन् । (मङ्सिर, पुस र माघ) महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ । यस वर्ष माघ शुरु भइसक्दा पनि हिउँदे वर्षा भएको छैन् ।