यसकारण वामदेव गौतमतिर लागे दीपक मनाङे !

रामेछाप खबर संवाददाता

काठमाडौं, २ माघ ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे वामदेव गौतमतिर लागेका छन् । वामदेवले नेकपा विभाजनपछि ‘पार्टी एकता अभियान’ चलाइरहेका छन् ।
सोही अभियानमा मनाङे पनि लागेका हुन् ।

गत वर्ष नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताउँदै आएपनि वमदेवको आग्रहपछि उनी अभियानतिर लागेको बताइएको छ ।
मनाङले वामदेवले आफ्नो अभियानमा लाग्न आग्रह गरेको र आफूलाई पनि सो अभियान मन परेको प्रतिक्रिया दिए ।

ओली र प्रचण्डबीचको एकता कति सम्भव ?

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । आन्तरिक विवादमा फस्दै आएको नेकपा प्रतिनिधि सभा विघटनपछि ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको हो । तर, यसले वैधता भने पाएको छैन । अर्थात् कानुनी रुपमा नेकपा विभाजन भएको छैन ।

नेकपामा वैधता पाएका दुई अध्यक्ष छन्, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड । अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्डसहित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ संसद् पुनर्स्थापनाको माग राखेर सडक संघर्ष गरिरहेका छन् । विभाजनको कानुनी मान्यताको पर्खाइमा रहेको नेकपाको दुवै समूहका नेताहरु उग्र र आरोपित भाषणाबाजी भइरहेका छन् । उनीहरुको भाषणा सुन्दा एक हुने अवस्था देखिँदैन ।

कति सम्भव ओली र प्रचण्ड एकता ?

राजनीतिमा कुनै पनि कुरा असम्भव हुँदैन भनिन्छ । अहिले आरोप प्रत्यारोपमा उत्रिएका ओली र प्रचण्ड नेकपा गठन अघि पनि उनीहरु एकअर्काका कटु आलोचक थिए । माओवादी द्वन्द्वदेखि नेकपा गठन गर्ने घोषणा अघिसम्म उनीहरु एकअर्काविरुद्ध कडा टिप्पणी गर्ने गर्थे । तर, अहिले एकै पार्टी दुई अध्यक्ष उनीहरु दुई समूहमा विभाजित भएका छन् ।

प्रचण्ड–नेपाल समूहले नेकपाको वैधता माग गरेर निर्वाचन आयोगमा निवेदन दिएको छ भने ओली समूहले पार्टी विभाजन नभएको भन्दै जवाफ पठाएको छ । यसको अर्थ पार्टी विभाजन भएको होइन, नेकपाको वैधता खोजिएको छ । दुवै समूह पार्टी विभाजनको कलंकको टीका लगाउन चाहँदैनन् । र त आफूहरु नै नेकपा हो भन्दै दाबी प्रस्तुत गरिरहेका छन् ।

के हो पिनास र किन हुन्छ ? लक्षण र बच्ने उपाय के हो पिनास र किन हुन्छ ? लक्षण र बच्ने उपाय

एकातर्फ पार्टी विभाजनको निवेदन आयोगमा नपुग्नु, ओली समूहले पार्टी नफुटेको जवाफ दिनु, प्रचण्ड–नेपाल समूहले आफूहरु नै नेकपाको वैध रहेको दाबी गर्नुले ओली र प्रचण्डबीचको एकताको सम्भावनालाई ज्यूँदै राखेको छ ।

यसलाई पुष्टि गर्ने गरी नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् । दुवै समूहका नेताहरुले एकअर्काले गल्ती सच्च्याएमा पार्टी एकता कायम रहने अभिव्यक्ति दिएका छन् । बुधबार मात्रै ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

झापाको विर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिए पार्टी एकताको सम्भावना रहेकोे बताएका हुन् ।

उनले भनेजस्तै प्रचण्ड–नेपाल समूहले पनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनर्स्थापित गरेमा पार्टी एकता सम्भव रहेको बताउँदै आएका छन् । दैनिकजसो हुने कार्यक्रममा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने माग गर्दै आएको छ ।

के छ सूर्य चिन्हमा ? ओली र प्रचण्ड समूहको खोसाखोसके छ सूर्य चिन्हमा ? ओली र प्रचण्ड समूहको खोसाखोस

एकअर्काले गल्ती सच्च्याएमा पार्टी एकता कायम रहने दुवै समूहको अभिव्यक्तिले नेकपालाई फुटबाट जोगाउन सकिने सम्भावनालाई नकार्न सकिँदैन । तर, जसरी राजनीतिक गतिविधि अघि बढिरहेको छ, यसलाई हेर्दा नेकपाको एकताभन्दा विभाजन सहज देखिन थालेको छ ।

सरकारले घोषणा गरेको वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचनको तयारीलाई निर्वाचन आयोगले अघि बढाउन थालेको छ । ओली र प्रचण्ड–नेपाल समूहका नेताहरु एकअर्कामाथि तल्लोस्तरमा उत्रिएर आरोप प्रत्यारोप लगाइरहेका छन् ।

ओली समूहले चुनाव हुने दाबी गरिरहेका बेला प्रचण्ड–नेपाल समूह साथ खोज्दै कांग्रेसको दैलोमा पुगेले पनि नेकपाको एकताको भविष्य अन्यौलग्रस्त बनेको छ ।