‘द भ्वाइस अफ नेपाल’ सिजन–३ मा आस्था राउतको स्थानमा को ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ पुस ।

चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को तयारी अन्तिम चरणमा पुगेको छ ।

हिमालय टेलिभिजन बाट प्रसारण हुने यस शो अब छिट्टै प्रशारण हुन लागेको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ मा अब गायिका आस्था राउतलाई देख्न नपाइने भएको छ । उनको स्थानमा गायिका त्रिश्ना गुरुङलाई कोचको रुपमा ल्याउने तयारी गरिएको छ ।

आस्था विबादमा तानिएसँगै नयाँ सिजनमा उनलाई नदोहोर्इने भएको बताइएको छ । यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा अभया सुब्बाको स्थानमा आस्था राउत आएकी थिइन् ।

अब तेस्रो सिजनमा आस्थाको स्थानमा त्रिश्ना आउने बताइएको छ । ‘द भ्वाइस अफ नेपाल’ मा पहिलो सिजनमा सिडी बिजे अधिकारी र दोस्रो सिजनमा राम लिम्बु विजेता बनेका थिए ।

हिन्दी सिरियल ‘अलादिन’मा नेपाली निरिषा

काठमाडौं । नेपाली अभिनेत्री निरिषा बस्नेतको हिन्दी सिरियल ‘अलादिनः नाम तो सुना होगा’मा अभिनय रहने भएको छ । सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल अभिनयका लागि उनी हालै अनुबन्धित भएकी हुन् ।
मुम्बईलाई कर्मथलो बनाउदै आएकी उनी यस अगाडि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा पनि देखिएकी थिइन् । लकडाउनको समयमा उनले हिन्दी सिरियल ‘तेनाली रामा’मा समेत केमियो भूमिका निर्वाह गरेकी थिइन् । जसमा उनको चिनियाँ युवतीको गेटअफ रहेको थियो ।

स्वदेशमा भने उनले फिल्म ‘जानी नजानी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । केही पहिले प्रदर्शनमा आएको फिल्मले व्यवसायिक लाभ भने उठाउन सकेन ।
फिल्म ‘अलादिनः नाम तो सुना होगा’को अहिले सुटिङ भइरहेकोछ । सिरियलमा बस्नेतको नेगेटिभि भूमिका रहेको छ । सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ ।

राम्रो ब्यानर र स्क्रिप्टबाट प्रस्ताव आए नेपाली फिल्म अभिनय निरन्तरता दिने सोचमा रहेकी बस्नेत पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी बलिउड फिल्म अभिनय अभिलासाले मुम्बईमा संघर्ष गरिरहेकी हुन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।