आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? कारण थाहा पाउनु भयो भने तपाइँ पनि चकित पर्नु हुन्छ !

रामेछाप खबर संवाददाता


अमेरिकी किसानहरुले यसरी निकै डरलाग्दो गरी गाईको पेटमा प्वाल पार्ने गर्दछन । किन यसरी पसुलई दुख दिएका होलान यी अमेरिकनले भनेर बुझ्दै जाँदा यो त नयाँ र अचम्मको प्रविधि पो रहेछ ।

यसो गर्नुको कारण पनि बडो आस्चर्यलाग्दो नै छ। यो अनौठो र डरलाग्दो जिउँदो गाइकै पेटमा ठुलै प्वाल पर्नुको कारण गाईको आयु बढाउन र स्वास्थ्य जाँच गर्न सहज पर्न रहेछ ।

पशुबिज्ञ र वैज्ञानिकहरुका लागि गाईको स्वास्थ्य र भित्री भागको जाँच गर्न कठिन हुने हुँदा यो प्रविधि अपनाएर सहज पर्न यस्तो गरिएको रैछ। गाईको पेटमा यसरी प्वाल पारिसकेपछि एउटा पलास्टिकको रिङले यसलाई बन्द गरिन्छ । यो प्रक्रियाको मद्दतले वैज्ञानिकहरुले गाईको पाचन प्रक्रियाको बारेमा धेरै जानकारी सहज रुपमै प्राप्त गर्न सक्छन् ।

यसले मुख्यगरी गाईका लागि कुन खाना सबैभन्दा फाइदाजनक हुन्छ र पेटमा के-कस्ता ब्याक्टेरियाहरु छन् भनेर पनि पत्ता लगाउन सकिन्छ । गाईको शरीरमा यस्ता प्वाल जुन भागमा बनाइएको हुन्छ त्यसलाई रुमेन भनिन्छ ।

अविवाहित महिलाहरुको संख्या बढेसँगै सरकारले अब दिनेभयो दुई श्रीमती बिहे गर्ने पुरुषलाई भरपूर सुबिधा

एजेन्सी । दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तोल अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।