विराट कोहलीसँग क्लिनीक जाँदा अनुष्काले लगाएको ब्ल्याक ड्रेसको मूल्य यति धेरै

रामेछाप खबर संवाददाता

काठमाडौं ।

बलिउड अभिनेत्री अनुष्का शर्मा केहि दिन पहिला श्रीमान विराट कोहलीसँग चेकअपका लागि क्लिनीक पुगेकी थिइन् ।
उक्त फोटो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
उक्त ब्ल्याक ड्रेसको मूल्य कति पर्छ ? भन्ने बारेमा पनि चर्चा चलिरहेको छ । उक्त ड्रेसको मूल्य ३६३ अमेरिकी डलर पर्ने बताइएको छ ।

अनुष्का र विराटलाई पुत्रीलाभ

बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले सामाजिक संजालबाट आफूहरुलाई पुत्री लाभ भएको र अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेका छन् ।

विराटले सामाजिक संजालमा लेखेका छन्–‘हामी दुबै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौ । अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’

नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले सन् २०१७ मा बिहे गरेका थिए । अनुष्काले लकडाउनको समयमा आफू आमा बन्ने तयारीमा रहेको खुलाएकी थिइन् ।

यसपछि अनुष्काका विभिन्न तस्वीरहरु पनि सार्वजनिक भएका थिए । क्रिकेटर विराट कोहलीले अनुष्कालाई समय दिने भन्दै क्रिकेट खेलबाट केही समयका लागि छुट्टी समेत लिएका छन् ।