के यो नेपालीकै सरकार हो – मनिषा कोइराला

रामेछाप खबर संवाददाता

काठमाडौँ , २७ पुस ।

अभिनेत्री मनिषा कोइरालाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको टिप्पणी गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा सिंहदरबार अगाडीको पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न जानलागेको र्यालीमा प्रहरीले धरपकड गरेको विषयमा अभिनेत्री कोइरालाले आपत्ति जनाएकी हुन् ।

कोइरालाले सरकारको व्यवहार निन्दनीय भएको भन्दै आमव्यक्ति को भेला हुने मौलिक अधिकार खोसेर सरकार अधिनायकबादतर्फ उन्मुख रहेको बताएकी छन् ।

उनले भनेकी छन् –

मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ।तर उस्को व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्यास सहितनै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?

राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ । सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दिन नपाउने ?

आमव्यक्ति को भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबादतर्फ उन्मुख छ ।