युवा क्रिकेटर कुन्दन रहेनन्

रामेछाप खबर संवाददाता

महोत्तरी, २६ पुस ।

राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहकाे आइतबार निधन भएकाे छ । दुवै मिर्गौला खराब भएर लामाे समयदेखि उपचाररत सिंहकाे २४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनले आर्थिक अभावका कारण मिर्गाैला फेर्न सकेका थिएनन् ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट सङ्घ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेकाे अगुवाइमा जनकपुरमा ’कुन्दन बचाऊ अभियान’ समेत चलाएर झण्डै सात लाख रुपैयाँ सङ्कलन गरी उनकाे उपचारमा सहयोग गरिँदै आएकाे थियाे ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि कुन्दनकाे निधनप्रति दुःख व्यक्त गरेकाे छ ।

रुखबाट लडेर घाइते भएका वडाअध्यक्षलाई हेलिकप्टरबाट उद्धार

चरिकोट — दोलखाको कालिञ्चोक गाउँपालिका—४ का वडाध्यक्ष केशव ठकुरी रुखबाट लडेर घाइते भएका छन् । दोलखामा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं प‌ठाइएको छ ।
बस्तुभाउलाई घाँस काट्न रुखमा चढ्दा लडेर घाइते भएका ५७ वर्षीय ठकुरीलाई उपचारका लागि दोलखाबाट काभ्रेको धुलिखेल अस्पताल ल्याइएको थियो । उक्त अस्पतालमा पनि उपचार हुन नसेकपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए ।