म भारतसँग साँचो मित्रता गर्न चाहन्छुः प्रम ओली

रामेछाप खबर संवाददाता

काठमाडौं, २६ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतसँग साँचो मित्रता गर्न चाहेको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । ‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु, यसलाई गहिराईमा पुर्‍याउन चाहन्छु,’ उनले भने ।

उनले कतिपयले आफ्नै कार्यकालमा किन भारतसँग बढी कुरा हुने गरेको छ भन्दै प्रश्न उठ्ने गरेको प्रसंग उठाए । उनले समस्या नउठाउने तर मौका परे राष्ट्रवादी कुरा गर्ने प्रवृत्ति नेपालमा रहेको उनले बताए ।

नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको प्रसंग पनि उनले बताए । उनले घुमाउरो ढंगले महाकाली सन्धी कार्यान्वयन प्रारम्भ भएको पनि बताए । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वाषिर्क ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।