ट्रम्पको ट्वीटर अकाउन्ट किन स्थायी रुपमा प्रतिबन्ध लाग्यो ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ पौष ।
ट्रम्पको ट्वीटर अकाउन्ट किन स्थायी रुपमा प्रतिबन्ध लाग्यो ?

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ ।
ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’

यसअघि पनि ट्वीटरले ६ जनवरीमा डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि प्रतिबन्ध लगाइदिएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

जो बाइडेनको शपथ ट्रम्पले बहिष्कार गर्ने

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पद तथा गोपनीयताको सपथ लिँदा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित हुने भएका छन्। ट्रम्पले शुक्रबार बेलुकी एक ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन्।

चुनावी परिणाम अस्वीकार गर्ने क्रममा उनका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गरी मानिसहरूको हत्या गरेका थिए।

यो हमला भएलगत्तै सामाजिक सञ्जालहरूमा ट्रम्पमाथि प्रतिबन्ध लागेको थियो। १२ घन्टापछि ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै उनले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने लेखेका थिए।

उनले अर्को ट्विटमा आफू जनवरी २० मा आयोजना हुने शपथमा आफू सहभागी नहुने जानकारी गराएका छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।