३५ बर्षसम्म पोस्टमार्टम गर्नेको दर्दनाक कहानी: मरेको मान्छेले औठि माग्दा डराए !

रामेछाप खबर संवाददाता

काठमाडौँ।

म’रेको मान्छे देख्दा सम्भवत सबैलाइ ड’र नै लाग्छ । कतिपय मान्छे त म’रेका मान्छे देखेपछि बेहो’स नै हुन्छन् । तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका अधिकांस समय म’रेका मान्छेको शरिर चि’रेर बिताए्का छन् । २०११ सालमा पर्वत जिल्लामा बाबा खडे र आमा चिजा बोहोराको सन्तानका रुपमा जन्मिएका बालकृष्णले जीवनभर मान्छे चि’र्ने जागिर गरे ।

इच्छाको पेशा र चाहनाको काम गर्न परिस्थितीले नदिए पनि आफुले गरेको काममा सन्तुस्ट हुन सके र रमाउन सके जहाँ पनि खुसी हुन्छ भन्ने मान्यता राख्ने बालकृष्ण ३५ बर्षसम्म लगातार (पोस्ट मा’र्टम)मान्छे चि’र्ने काम गरेर केश फुलाए । उनले ३५ बर्षमा १० हजार भन्दा बढि मरे’का मान्छेको शरिर चि’रे । बोल्दा सामान्य लागे पनि यो काम आफैमा क’ठिन र ड’र लाग्ने काम हो । उनको अनुभवले भन्छ, -‘द’रिलो आँट भएन भने मान्छे चि’र्न त के मुसा चि’र्न पनि सकिन्न ।’

डाक्टरले ल बालकृष्ण काम यहि हो यता आउ भनेर बोलाए तर मेरो खुट्टा अघि बढेनन । कताकता ड’र लाग्यो । तिन चारदिनको श’ब थियो,। देख्दै सातो जाने तर, उनी २०३९ सालमा पहिलोपटक उनि धौलागिरी अञ्चलको श’ब स्टोरमा दरिलो मुटु लिएर छिरेका रहेछन । “जागिरको मेसो थिएन । मासिक रु १ सय ५० रुपैँयामा मान्छे का’ट्ने जागिर खुलेको थियो । सुरुमा सारै ड’र लाग्यो कसरी का’ट्ने होला म’रेको मान्छे भनेर ? तर अरु कुनै जा’गिरको मेसो थिएन । जेजे पर्ला सके गरौला नत्र छाडौला भनेर हुन्छ भने । ”

जगिर सुरु भयो मान्छे चि’र्ने । उनले पहिलो पटक २०३९ सालमा गुरु प्रसाद नाम गरेका एक जना ठेकेदारको मृ’त शरिर चिरे’को बताए ।