यी १६ नेपाली सेलिब्रेटीः जसले दोस्रो विवाह गरे

रामेछाप खबर संवाददाता

काठमाडौं ।

अभिनेता अभिनेत्री सुस्मिता बम्जन (केसी)ले उनले साउथ इन्डियन नागरिक किलन स्वामीसँग विवाह गरेकि हुन् । सन् २००१ मा अभिनेता भुवन केसीसँग छुट्टिए पनि एक्लै रहँदै आएकी उनले स्वामीसँग दोस्रो विवाह गरेकि छिन् ।

उनले ५ वर्ष अगाडि ‘म त तिम्रै हुँ’ चलचित्र निर्माण गरेकी थिइन् । उक्त चलचित्र प्रदर्शनको सिलसिलामा अस्ट्रेलिया जाँदा स्वामीसँग उनको त्यहीँ भेट भएको थियो । भुवनसँग रहँदा भने उनले निकै चर्चित फिल्महरु ‘नेपाली बाबु’, ‘करोडपति’, ‘सुपरस्टार’ लगायतका चलचित्र अभिनय गरेकी थिइन् ।

सुस्मिताका पूर्वपति तथा अभिनेता भुवन केसीकोे सुस्मितासँग दोस्रो विवाह थियो । उनले सुस्मिता अगाडि विजया गिरीसँग विवाह गरेका थिए । विजयालाई धो का दिएर सुस्मिता भित्र्याएका भुवन अभिनेत्री जिया केसीसँगको लिभिङ टुगेदरमा रमाउँदै आएको हल्ला छ ।
त्यस्तै, नेपाली चर्चित हट एन्ड बाेल्ड नायिका प्रियङ्का कार्की पनि दोस्रो विवाह गर्नेमा पर्छिन् । उनले अभिनेता आयुष्मान देशराज जोशीसँग दोस्रो लगनगाँठो कस्न लागेकी हुन् ।

डेढ वर्षयताको अफयेरलाई विवाहमा परिणत गर्न लागेकी उनले आयुष्मानसँग विवाह गरेकि हुन् । याे भन्दा अघि प्रियङ्काले अमेरिका बस्दै आएका रोचक मैनालीसँग विवाह गरेकी थिइन् ।

बाध्यताले गर्दा दोस्रो विवाह गर्ने कलाकार हुन् वरिष्ठ कलाकार हरिवंश आचार्य । पहिलो श्रीमती मिरा आचार्यको निधन भएपछि आचार्यले बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गरेका हुन् । ५४ वर्षको उमेर दोस्रो विवाह गरेका हरिवंश अहिले दोस्री श्रीमतीसँग खुसी छन् ।

त्यस्तै, अभिनेता निखिलको पनि अभिनेत्री संचितासँगको घरजम दोस्रो हो । कोपिला उप्रेतीसँग पहिलो विवाह गरेका निखिलले उनलाई धो का दिँदै संचिता भित्र्याएका थिए । विवाहपछि यी दुवै केही समय मुम्बईमा समेत लुकेका थिए ।

अभिनेत्री संचिताको पनि निखिलसँग पहिलो विवाह भने होइन । उनले पहिलो विवाह मोडल तथा अभिनेता आकाश शाहसँग गरेकी थिइन् । आकाशलाई धोका दिएर उनले निखिल रोजेकी हुन् । आकाश प्रायः समय बलिउडतिरै रहने भएकाले निखिल रोजेकी उनले केही पहिले बताएकी थिइन् ।

त्यस्तै, अभिनेता शिव श्रेष्ठले पनि दोस्रो घरजम गर्ने व्यक्ति हुन् । गङ्गादेवी श्रेष्ठसँग पहिलो विवाह गरेका श्रेष्ठले उनीसँगको दाम्पत्य जीवन असफल भएपछि चितवनकी सिर्जना श्रेष्ठलाई दोस्री पत्नीका रूपमा भित्र्याएका थिए । त्यसपछि पनि उनी एक युवतीसँगको प्रेममा थिए । तर त्यो सम्बन्ध परिवारले टिक्न दिएनन् ।

चर्चित निर्माता छविराज ओझाले पनि अभिनेत्री रेखा थापासँग दोस्रो विवाह गरेका थिए । रेखासँग छविको दोस्रो होइन तेस्रो भन्ने पनि चलचित्र क्षेत्रमा भेटिएका छन् । छवि र रेखा छुट्टिइसकेकाे धेरै भइसकेकाे छ । त्यस्तै, छविको तेस्राे श्रीमती हुन् अभिनेत्री शिल्पा पोखरेल। छबि र शिल्पा पनि अहिले छुटिएका छन् र रेखा भने अहिले सिङ्गल नै छिन् ।

नेपाली लोकगीतको म्युजिक भिडियोको बजारमा मोडल तथा निर्देशक शंकर बीसीको ठूलो नाम छ । उनले पनि दोस्रो घरजम गरेका छन् । पहिलो पत्नीलाई नेपालगञ्जतिरै व्यवस्थित घरबार बसालिदिएका उनले दोस्रो लगनगाँठो निशा सुनारसँग बिहे गरेका हुन् । लोकगीतका म्युजिक भिडियो निर्माणको सिलसिलामा परेको प्रेम उनले विवाहमा परिणत गरेका हुन् । यी दुवैको एक छोरी छन्।

कलाकार तथा निर्माता पवन मैनालीले पनि गतवर्ष दोस्रो विवाह गरेका हुन् । ५२ वर्षका मैनालीले दोलखाकी लक्ष्मी सिवाकोटीसँग दोस्रो विवाह गरेका हुन् । दर्जनौँ चलचित्रमा अभिनय गरेका पवनले ‘पिँजडा’ नामक चलचित्र निर्माणसमेत गरेका थिए ।

अभिनेत्री मोडल सिम्पल खनालले पनि दोस्रो घरजम गरिसकेकी हुन् । नाम सिम्पल भए पनि मोडलिङमा हट देखिँदै आएकी सिम्पलको पहिलो पति निर्देशक प्रसन्न पौडेल हुन् । प्रसन्नसँग वैवाहिक जीवन सहज रूपमा अगाडि बढ्न नसकेपछि एक्लो रहँदै आएकी उनले अहिले भारतीय मूलका एक व्यवसायीसँग विवाह गरेकि छन् ।

निर्देशक सुरज चन्दसँग विवाह गरेर एक छोरीको आमा बनेपछि मात्र अभिनयमा भित्रिएकी पूजा चन्दले पनि दोस्रो विवाह गरेकी छन् । उनले केही वर्ष अगाडि अमेरिकामै गायक राजु लामासँग दोस्रो लगनगाँठो कसेकी हुन् । हाम्रो सानो घर होला, सहर, वरपीपल जस्ता सफल चलचित्र अभिनय गरेकी पूजालाई अमेरिकामा सुरजले नै पठाएका थिए । सुरज र छोरी छोडेर उनले अर्काे श्रीमान रोजेकी हुन् ।

अभिनयका गुरु भनेर चिनिने कलाकार अनुप बरालको पनि दिया मास्केसँग दोस्रो घरजम हो । ७ वर्षसम्म प्रेममा रहेर निर्देशक अनुपले दियालाई २०७१ मा घर भित्र्याएका थिए । विवाह गर्नुभन्दा पहिले उनीहरू लिभ इन रिलेसनसिपमा रहेको पनि चर्चा थियो । अनुपको दियासँग दोस्रो विवाह भए पनि दियाको भने पहिलो हो ।

अभिनेता भुपेन चन्दसँग विवाह गरेर अमेरिका उडेकी अभिनेत्री सौजन्य सुब्बाको पनि भुपेन दोस्रो श्रीमान् हुन् । पहिलो विवाह टुटेपछि एक्लै रहँदै आएकी सौजन्यले भुपेनसँग प्रेमविवाह गरेकी हुन् । त्यसो त सौजन्यसँग पनि भुपेनको दोस्रो विवाह नै हो । पहिली पत्नी हुँदाहुँदै साजन्यसँग उनले प्रेम विवाह गरेका थिए ।

गायक सत्यराज आचार्यले पहिली श्रीमतीको निधनपछि सत्यले अनितासँग प्रेम विवाह गरेका हुन् । अनिता थापा उनकाे दोस्री पत्नी हुन् । थापाकी छोरी अनिता र बाहुनका छोरा सत्यले पारिवारिक सहमतिमा विवाह गरेका थिए ।

नेपाली साङ्गीतिक आकाशमा थुप्रै चर्चित गीत दिएका गायक यम बरालले पनि केही पहिले दोस्रो विवाह गरेका हुन् । पहिलो पत्नीसँग डिभोर्स भएपछि उनले दोस्री पत्नी भित्र्याएका हुन् ।

यस्तै कलाकारकाे दाेस्राे तेस्राे बिहे खोतल्दै जाने हो भने पहिराे खस्छ । दाेस्राे, तेस्राे देखि चाैथाैँ सम्म भेटिन्छन् । तर यस्ता कलाकारको कथा भने बोग्ला बेग्लै रहेको छ । केही कलाकारले बा ध्यताले दोस्रो विवाह गरेका छन्, भने केहीले अघिल्लोबाट धो का पाएर दोस्रो विवाह रोजेको हुन् । केहीले भने अघिल्लोलाई धो का दिएर दोस्रो विवाह गरेको देख्न सकिन्छ ।