मलाई पनि विवाहको रहर जागिसक्योः भनेको जस्तो बर पाएँ जुनसुकै बेलापनि हुनसक्छ : ज्योति मगर

रामेछाप खबर संवाददाता

काठमाडौं, २० पुस ।

लोक गायिका ज्योति मगरले बिहे गर्ने इच्छा जागेको बताएकी छन् । उनले एक अन्तरवार्तामा बिहेको प्रश्नको जवाफ दिने क्रममा आफुलाई पनि बिहे गर्ने रहर लागेको बताएकी हुन् । विबाहको विषयमा ज्योति भन्छिन्,‘मंसिरको महिना फेसबुक लगायत जताततै विवाह देख्दा मलाई धेरै रहर लागेको छ । मन मिल्दो, राम्रो बर पाएँभने जुनै समय पनि हुनसक्छ विवाह । भनेको जस्तो बर पाइनँ भने कहिलै पनि नहुन पनि सक्छ । अब त मलाई पनि विवाहको रहर जागिसक्यो ।’

गायिका ज्योति मगर पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् । ज्योति हरेक खालका प्रस्तुतिलाई जज र सबै दर्शकले रुचाएकै हुन्छन् । ज्योतिलाई बोल्ड नेचरकी गायिकाको रुपमा चिनिन्छ ।

लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा रहने गर्छिन् ज्योति । त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् ।