छोरीले गरीन् बाबुको किरीया

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ पुस ।

निरज भट्टराई ।
हिन्दु परम्परा अनुसार हाम्रो समाजमा सामान्यतया: बाबुआमाको मृत्युपछि दागबत्ती दिने र काजकिरिया गर्ने काम छोराले मात्र गर्नुपर्छ र छोरीले गर्नु हुदैन भन्ने मान्यतालाई चुनौती दिदै सन्धिखर्क नगरपालिका वार्ड नं. ७ डिहिडाँडा, अर्घाखाँची निवासी रन्जना केसीले आफ्ना बाबु स्व. मान बहादुर केसीको मृत्युपछि उनको पार्थीव शरीरमा दागबत्ती दिने र काजकिरियाको काम आफैले हिन्दु परम्परा अनुसार नै गरिरहेकी छ्न् ।

हिन्दु धर्म संस्कारमा छोरीले किरिया गर्नु हुदैन भन्ने कहिँ कतै उल्लेख नभएको तर हाम्रो समाजको लैङ्िगक विभेदका कारण छोरीलाई काजकिरियामा सरिक नगराउने गरेको भएता पनि बर्तमान समयमा कहिकतै छोरीहरूले काजकिरिया गरेको सुन्न पाइन्छ । तर यस क्षेत्रको लागि भने यो काम पहिलो र एउटा उदाहरणको रुपमा स्थापित हुन पुगेको छ । छोरी रन्जनाको यस कार्यलाई समाजिक अभियानकर्ता र महिला अधिकारकर्मी तथा यस क्षेत्रको समुदायले खुलेर प्रशंसा गरेको देखिन्छ । रन्जना केसीको यो महान सोच, हिम्मत र निर्णयको लागि हार्दिक धन्यवाद ।
अन्त्यमा, स्वर्गीय मान ब.केसीको दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवारजनहरूप्रति हार्दिक समबेदना ।
सनपा-७, डिहिडाँडा अर्घाखाँची ।