संकटाको सडकमा सेल्फी खिच्ने र टिकटक बनाउनेले संकट ल्याएपछि अब हट्ने भए रंगीचंगी छाता

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ पुस ।

केही समयमै भारइल भएका संकटाका रंगीचंगी छाताहरु अब हट्ने भएका छन । संकटाको सडकमा सेल्फी खिच्ने र टिकटक बनाउनले संकट ल्याएपछि रंगीचंगी छाता अब हट्ने भएका हुन् ।

नेपालमा पहिलोपटक यस्तो प्रयोग गरिएपछि यसैको सिको गर्दै अन्य शहरहरुमा पनि यस्ता छाता लगाउन थालिएका समाचार आएका छन् । तर सेल्फी खिच्ने र टिकटक बनाउनेले गर्दा अहिले त्यहाँको भिड थाम्न गाह्रो भएको छ ।

पछिल्लो समय फोटो खिचाउने र टिकटक बनाउनेको भीड बढ्न थालेपछि आवत–जावतमै समस्या परेकोले छाता हटाउन लागिएको संकटा क्लबका सचिव आशिस मान सिंहले जानकारी दिएका छन् ।

सचिव सिंहले स्थानीयवासी, वडा र क्लवहरु मिलेर विस्तारै छाता हटाउने तयारी भईरहेको बताए । उनले भने, छाता हटाउन समय लाग्ने भएकोले अब सुरु गर्दैछौ.।’

सो क्षेत्रका केही व्यवासायीहरुले कोरोनाका कारण ठप्प व्यवसायलाई चलाउन संकटा जाने रोडमा रंगीचंगी छाता लगाउने योजना ल्याएपछि छाता राखिएको थियो ।

अहिले उक्त सडक युवायुवतीहरुको भीड र टिकटक बनाउनेहरुका कारण सडक अस्तव्यस्त हुन पुगेको छ । तस्वीर सामाजिक सञ्जाल