आँखा फरफराउँछ? शुभ की अशुभ? यस्तो हुनसक्छ कारण

रामेछाप खबर संवाददाता


आँखा फरफराउनु स्वभाविक प्रकृया हो । तर यसमा धेरै मिथक पनि जोडिएका छन् । आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ ।

कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ ।

तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो। यसमा आँखाको परेला फरफराउँछ। यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ। कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ।

अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ । यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश संवेदनशिल आँखा, त ना व, थ का न, क्या फि न को प्रयोग, अ ल्को ह ल, पोषक तत्वको कमी तथा ए ल र्जी आदिका कारणले आँखा फरफराउँछ । यो कुनै गम्भीर समस्या होइन ।

म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ । यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन ।

आँखाको एलर्जी हुने, रातो हुने, सु न्नि ने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ । त्यसैले आँखा फरफराउने समस्या बढी देखिन थाल्यो भने तत्काल नेत्र चिकित्सककहाँ गइहाल्नुहोस् ।