चर्चित वक्ता रमेश प्रसाईले मंसिर २२मा लगन गाँठो कस्दै

रामेछाप खबर संवाददाता

काठमाडौं , १६ मंसिर ।

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् ।

३ बर्षदेखि गहिरो प्रेममा रहेका रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।

राजावादीहरूका प्रदर्शन योगी नरहरिनाथहरुको भद्दा नक्कलः बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पुस्ताले ल्याएको लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको बताउनुभएकाे छ ।

पछिल्ला दिन एउटै शैलीमा देशका प्रमुख शहर र काठमाडौंमा गरिएका राजावादीहरुको प्रदर्शनको कडा आलोचना गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताउनुभएकाे हाे । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष भट्टराईले ती प्रदर्शनलाई ०१७ सलाका योगी नरहरिनाथहरुको भद्दा नक्कलको संज्ञा दिनुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ- ‘यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ। तर यो२१औं शताब्दी हो, ससार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन्। हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको छ है !’

एउटै शैली पछिल्ला दिन काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् ।