हिन्दु देवताहरु साँच्चीकै भगवान थिए या एलियन ?

रामेछाप खबर संवाददाता


मानव जगतमा पछिल्लो एक सय वर्षयता एलियन (परग्रही) बारे निकै चर्चा हुँदै आएको छ । रहेक मानिसको मन मस्तिष्कमा एलियनबारे जान्ने प्रवल इच्छा छ ।

केहीले पृथ्वीमा मानव वस्ती बसाउने नै एलियन हुन् भन्ने दावी गर्दछन् भने, केही इभोलुसनको थ्योरीमा विश्वास राख्दछन् । तर, यी दुवै थ्योरी विवादित र आ–आफ्नी दावीमा अडिएका छन् ।
विश्वव्यापीकरणको युगसँगै धर्म, संस्कृति, एतिहासिक घटना र ठूला संरचनालाई आस्थाका माध्यमले मात्रै होइन, खोज र अनुसन्धानका हिसाबले पनि हेरिन थालिएको छ ।

मानव विकासको यो अवस्था पहिले कहिल्यै नभएको दावी गर्ने नवभौतिकवादीहरुका अगाडि हजारौं वर्षअघि बनेका संरचना र निर्माणले प्रश्न खडा गरेका छन् । एलियन हुन् वा भगवान हुन् यो प्रश्न आफैंमा रहस्यमय छ ।

वर्षौंको सोधपछि अहिले वैज्ञानिकले करिब १० हजार इसापूर्व धर्तीमा एलियन्स आएको दावी प्रस्तुत गरेका छन् । साथै मानिसको कबिलाहरुमा ज्ञान दिनुका साथै त्यसबेलाका राजा महाराजालाई आफ्ना सन्देशवाहक बनाएको निष्कर्ष निकालेका छन् ।

उनीहरु अलग अलग कालमा अलग अलग परम्परा र समाजको रचना गरेर धर्तीमा कुनै फरिस्ताको पहिचानले बसेको वैज्ञानिकहरुको दावी छ । यसमा वैज्ञानिकले धर्म, संस्कृति, वैदिक ग्रन्ध र पूराना भौतिक संरचनालाई प्रमाणका रुपमा प्रस्तुत गरेका छन् ।

इजिप्ट(मिश्र), मेसोपोटामिया, सुमेरियन, इन्का, बेबीलोनिया, सिन्धु घाँटी, माया, मोहनजोदडो र दुनियाँका अनय तमाम सभ्यता विकासमा परग्रहीको योगदान रहेको वैज्ञानिकको दावी छ ।

साथै उनले चीन, नेपाल, भारत, मिश्र, इजरायल, अमेरिका र रसियामा यस्ता स्मारक तथा पुजास्गल वा अजुबा बनाए, जसलाई त्यसबेलाका मानिसको बसभन्दा बाहिरको कुरा थियो ।

यही विषयमा खोजका लागि पछिल्लो दुई वर्षदेखि एन्सेन्ट एलियन्सका नामबाट एक कार्यक्रम प्रशारण हुँदै आएको । जहाँ धर्तीमा मानव सभ्यताको विकास र ज्ञान वितरणमा एलियन्सकै हात रहेकाबेला हरेक कोणबाट खोज्ने कोशिस हुँदै आएको छ ।

हिस्ट्री च्यानलको एक रिपोर्ट अनुसार प्राचीन सम्भयताका स्मारकमाथि सोध गरिरहेका लेखर एरिक वोन डेनीकनको किताब ‘क्युरियोट्स अफ गड्स’ले दुनियाँको सोँच नै बदलिदिएको छ ।

उनका अनुसार प्राचीन मिश्रवासीसँग गीजा पिरामिड बनाउने कुनै प्रविधि थिएन । न त उनीहरुसँग औजार नै थियो, न उनीहरुसँग ज्ञान नै । उक्त पिरामिड बनाउन अवश्य पनि एलियन्सकै हात रहेको उनको दावी छ ।

एलियन्सलाई अनेक समुदायले भगवानका रुपमा सम्बोधन गरेको पाइन्छ । यदि भारत तथा नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पनि केही मन्दिर यस्ता छन्, जसलाई आधुनिक मानवले पनि निर्माण गर्न सैयौं वर्ष लगाउँछ ।

भारतकै कैलाश मन्दिरलाई हेर्दा पनि आजको प्रविधिबाट बनाउन पनि असम्भव छ । जहाँ एउटै ढुंगालाई काटेर पूरै मन्दिर बनाइएको छ । त्यो पनि जमिनको भित्रितर्फ ।

त्यही मन्दिरमा हरेक पिल्लर पत्थरका छन् । पिल्लरभित्र कोक्रो छ । जो कि धातुलाई मात्र तस्तो आकारमा ढाल्न सकिन्छ । उनले आफ्नो किताबमा त्यसरी पत्थरको पिलर त्यो पनि भित्रबाट खोक्रो बनाउने अहिलेको मानवले पनि गर्न नसक्ने दावी गरेका छन् । एजेन्सीकाे सहयाेगमा