यो त पिप्सो तानाशाही हो, जनताको बलबाट ध्वस्त पार्नुपर्छ : खनाल

रामेछाप खबर संवाददाता

काठमाडौं, १५ पुस ।

नेकपा प्रचण्ड–माधव समूहका नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर यो प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् ।

बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । १०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै उनले भने, ‘यो त पिप्सो तानाशाही हो, यसलाई पनि जनताको बलबाट ध्वस्त पार्नुपर्छ ।’

ओलीले मरिचमानले जति पनि काम गरेनन् – झलनाथ खनाल

नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनको विरोधमा आयोजना गरेको विरोध प्रदर्शनपछि काठमाडौँ भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेता खनालले ओलीको असंबैधानिक र लोकतन्त्र विरोधी कदमको विरोधमा सडकमा आउनु परेको बताए । नेता खनालले बलुवाटारको गुट तानाशाही गुट भएको भन्दै ओली पक्ष लोकतन्त्र विरोधी गुट भएको बताए ।

उनले निर्वाचनमा जनताले नेकपालाई आफ्नो मत दिएको भन्दै उनीहरुले ओलीलाई मत नदिएको दाबि गरे ।

नेता खनालले आफुहरु पक्षको नेकपा नै आधिकारिक पार्टी भएको भन्दै अब संसद पुनर्स्थापना गर्न जस्तो आन्दोलन गर्नुपरे पनि तयार रहेको बताए ।

उनले ओलीलाई पार्टी गरेको विश्वासलाई अगाडी बढाउन नसकेको भन्दै पार्टीका नीति र निर्णयलाई मानेर नचलेको आरोप लगाए । उनले ओलीले बालुवाटार पुगेकै दिन पार्टीलाई बिर्सेको भन्दै पार्टीलाई सत्तामा पुग्ने भर्याङ बनाएको आरोप लगाए ।

नेता खनालले ओलीको तीन बर्षेकार्यकाल खेर गएको भन्दै ओलीले मरिचमानले गरे जति पनि काम नगरेको बताए । उनले ओलीले पार्टी भित्रका आलोचना सुन्न छोडेर पार्टीका निर्णय लागु नगर्ने र हुदा हुदा बैठकमै आउन छोडेको बताए ।

ओलीले पार्टी एकीकरणमा समेत बाधा पुर्याएको भन्दै तीन बर्षमा पनि एकीकरण पुरा नगरेको आरोप लगाए ।