भारतीय क्रिकेटर रैना किन भए धरौटीमा रिहा ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ पुष ।

कोरोना महामारीको समय सरकारी नियम उल्लंघन गरेपछि प्रहरी हिरासतमा परेका पूर्व भारतीय क्रिकेटर सुरेश रैना धरौटीमा छुटेका छन् ।

महामारीको समयमा नियम तोडेका रैनालाई पुलिसले मुम्बइको ‘ड्रागन फ्लाई क्लब’बाट पक्राउ गरेको थियो । रैनासँगै अन्य केही बलिउडका सेलिब्रेटी तथा गायकसहित ३४ जना पक्राउ परेका थिए।

मुम्बइ पुलिसले बिहानको ३ बजे उनीहरुलाई सामाजिक दूरी कायम नगरेको, मास्क नलगाएको र निश्चित समयभन्दा बढी क्लबमा बसेको भन्दै पक्राउ गरेको थियो ।

रैनाले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर रैना भारतको घरेलु क्रिकेट शेइद मुस्तक अलि ट्रफी टी-२० क्रिकेट भने खेल्ने तयारीमा छन् ।

१३ औँ सागमा दाेहाेराे स्वर्ण पदक दिलाएका ३ सहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाण्डाै – गएकाे वर्ष नेपालमा सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडीसहित सात खेलाडीलाई मङ्गलबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएका मध्येबाट यो वर्ष सात खेलाडीलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ, भारोत्तोलनका विकास थापा, गल्फका सुवास तामाङसहित साइक्लिङकी लक्ष्मी मगर, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समीर श्रेष्ठ रहेका छन् । लक्ष्मी, विकास र सन्तोषीले पनि १३ औँ सागमा स्वर्ण पदक जितेका थिए ।

त्यस्तै दुई खेल प्रशिक्षक, दुई खेल प्रायोजक तथा खेल सङ्घ, निर्णायक र चिकित्सकबाट समान एक जनालाई पनि मन्त्रालयले सम्मानित गरेको छ । सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र कराँतेका कुशल श्रेष्ठ परेका छन् । यस्तै जुडोका धर्मकुमार श्रेष्ठ पनि सम्मानको सूचीमा अटाएका छन् ।