देश अब संकटकाल तर्फ लाग्ला त ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ६ पुष ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरे पछि यसलाई फरक ढङ्गले हेरिन थालिएको छ ।

ओलीको उक्त कदम विरुद्ध अहिले देशब्यापी प्रदर्शन चर्कदै गएको छ ।

प्रदर्शन चर्कदै जादाँ सरकारले अब संकटकाल घोषणा गर्ने आँकलन गर्न थालिएको छ । ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

उक्त प्रदर्शनलाई मध्यनजर गर्दै ओलीले पनि चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा छलफल गरेका थिए ।

गृहमन्त्री निवासमै पुगेर प्रचण्डद्वारा भेट, साथ दिन आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गर्नुभएको छ । थापालाई भेट्न प्रचण्ड गृहमन्त्री निवास पुल्चोक पुग्नुभएको हो ।

गृहमन्त्री थापा र अध्यक्ष प्रचण्डबीच केही बेर मात्रै कुराकानी भएको र अध्यक्ष प्रचण्डले ओलीको कदमको विरोध गरेर आफूलाई साथ दिन अनुरोध गरेको सचिवालयले जनाएको छ । गृहमन्त्री थापा प्रधानमन्त्री ओलीले बिहान बोलाएको आफू निकटको भेलामा पनि सहभागी हुनुभएको थिएन । त्यसअघि गृहमन्त्री थापाले आफू पक्षीय नेताहरूसँग परामर्श गरेको बुझिएको छ ।

साेमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदलाई बालुवाटारमा बोलाउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका थिए । तर पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका थापा र लेखराज भट्टले भने राजीनामा दिनुभएको छैन ।