किन पुगे अध्यक्ष प्रचण्ड गृहमन्त्री बादल भेट्न पुल्चोक

रामेछाप खबर संवाददाता

काठमाडौं, ६ पुष ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमद लाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गर्न पुल्चोक पुगेका छन् । सोमबार दिउँसो अध्यक्ष प्रचण्ड गृहमन्त्री बादलसँग भेट गर्न पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न अध्यक्ष प्रचण्ड पुल्चोक पुगेका हुन् । पूर्वमाओवादीकाे कोटाबाट मन्त्री बनेका बादल पछिल्लो समय प्रधानमन्त्री ओली निकट मानिँदै आएका छन् ।

बादल र भट्टले अन्तिम समयमा छोडे प्रचण्डको साथ !

काठमाडौँ । तत्कालिन नेकपा माओवादी तर्फबाट मन्त्री भएका गृह मन्त्री रामबहादुर थापा बादल र उद्योग मन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा गएका छन् ।
तत्कालिन माओवादी पक्षबाट मन्त्री बनेका अन्य मन्त्रीहरुले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै सजीनामा दिएपनि बादल र भट्टले राजीनामा दिएनन् ।

नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाका मन्त्रीहरुले सरकारबाट राजीनामा दिएपनि थापा र भट्टले राजीनामा नदिएका हुन् ।

प्रधानमन्त्रीको कदमको विरोधगर्दै उर्जामन्त्री बर्षामान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानी बीना मगर, शिक्षामन्त्री गिरीराज मणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका छन् ।

शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री बादलको क्वाटर पुल्चोकमा पुगेका थिए । बादल थापा सरकारमा सामेल भएसँगै प्रधानमन्त्री ओली निकट बनेपछि प्रचण्डले उनलाई गृहमन्त्रीबाट हटाएर आफुनिकटलाई बनाउन खोजेको समेत चर्चा भएको थियो ।

अन्तिम समयमा पूर्वमाओवादी एक ठाउँमा रहने अनुमान विपरित बादल र भट्टले सरकारमै बसेर प्रचण्डको साथ छोडेका हुन् ।