अजिंगर अमेरिकामा खानाको परिकार बन्दै!

रामेछाप खबर संवाददाता

काठमाडौं ।

बैज्ञानिकहरुले अजिंगर खानको लागि स्वस्थ सावित गरेको खण्डमा अमेरिकाको फ्लोरिडामा यो खाना बन्नेछ।

बर्मेली अजिंगर खानको लागि कति स्वस्थ अथवा हानिकारक छ भनेर द फ्लोरिडा फिस एन्ड वाइल्डलाइफ कन्जर्भेसन कमिसनले राज्यको स्वास्थ विभागसँग अनुसन्धान गरिरहेको छ।

यदी खानका लागि योग्य सावित भए अजिंगर रेस्टुरेन्टको खानाको मेन्युमा पुग्नेछ।

फ्लोरिडामा बर्मेली अजिंगरका कारण अन्य जीवहरु लोप हुने संघारमा पुगेको बताइएको छ।

यदी यसलाई मारेर खानाको परिकार बनाउन सकिए यस जनसंख्या कम हुने र यसबाट निम्तिने खतरा कम हुने विश्वास व्यक्त गरिएको छ।

हाल अजिंगरलाई खाना बनाउने या नबनाउने भन्ने विषयमा अनुसन्धान जारी छ।