काठमाडौंका यी ठाउँमा आज ५ घण्टा बती जाने

रामेछाप खबर संवाददाता

काठमाडौं, ६ पुष ।

नेपाल विद्युत प्राधिकरणले आज गोठाटार फिडर अन्तर्गतको एचटी लाइन मर्मत गर्ने भएको छ । जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर अन्तर्गत एयरपोर्ट पछाडि खहरेदेखि महानटार, तेजविनायक, पहेलो पुल हुँदै शिवचोकसम्म एचटी लाइन सुदृढीकरण कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रहरुमा विद्युत अपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

आज र भोलि बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । साथै सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो अगावै लाइन सुचारु हुनसक्ने प्राधिकरणले जनाएको छ ।