संसारमा एउटा यस्तो ठाउँ छ त्यस ठांँउका महिला,पुरुष ,बालबालिका सबै को पहिरन एउटै हुन्छ।

रामेछाप खबर संवाददाता


दुनियाका हरेक देशसँग केही न केही मौलिक विशेषताहरु अवश्य पनि छन् । कतिपय देश आफ्नो प्राकृतिक सुन्दरताका कारण चर्चित छन् त कतिपयलाई त्यहाँको संस्कृति तथा नागरिकहरुको रहनसहनका लागि विश्वले चिन्दछ ।

यस्तै अनौठो विशेषता भएका देशहरुमध्ये एक हो मडागास्कर । पूर्वी अफ्रिकाको यो मुलुक विश्वको चौथो ठूलो टापु पनि हो । मडागास्करका बारेमा अनेक खालका रोचक तथ्यहरु छन् । त्यसमध्ये केही यस्ता छन् :
यो देशको पूरा नाम मडागास्कर गणराज्य हो ।

अफ्रिकाको तटीय इलाका सँगै हिन्द महासागरमा रहेको टापु मुलुक हो यो । उक्त देशका बासिन्दाहरु बोर्नियो टापुबाट आएका हुन् । बोर्नियो टापु ब्रुनाइ, इण्डोनेसिया र मलेसियामा पर्दछ ।

मडागास्करमा सबै मानिसहरुको पहिरन एउटै हुन्छ । चाहे महिला हुन् वा पुरुष, अनि बालक हुन् वा वृद्ध । सबै मानिसहरुले लगाउने लुगा एकैखाले हुन्छ । मानिसहरुले लगाउने पोशाकलाई स्थानीय भाषामा लाम्बा भनिन्छ ।