काठमाडौं , १५ मंसिर ।
नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् । प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीपछि चिनियाँ रक्षामन्त्री वेइ फेङहे राष्ट्रपति कार्यालय, शितल निवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घन्टा औपचारिक भेटवार्ता गरेपछि उनी शितलनिवास पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले आधा घन्टा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला