प्रचण्डलाइ ओलीको प्रश्न : बिलासी जिवनशैलीको स्रोत के हो छानबिन गरौं त ?

रामेछाप खबर संवाददाता

काठमाडौं , १५ मंसिर ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रस्तावको लिखित रुपमा जबाफ द्एिका छन् । अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पृष्ठको प्रस्तावविरुद्ध अध्यक्ष ओलीले ३८ पेज लामो जवाफ फर्काएका हुन् । प्रचण्डले गत कातिक २८ गते बसेको सचिवालय बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

जवाफी प्रस्तावको बुद्दा न ३५ मा ओलीले प्रचण्डको बिलासी जिवन शैलीको बारेमा प्रश्न भनेकाछन ‘नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ । म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?’

३५. नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ । म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?

शुरुमा उक्त प्रस्ताव फिर्ता लिनुपर्ने अडान अध्यक्ष ओलीले लिए पनि अन्नतः मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको लिखित रुपमा जवाफ दिने बताउँदै प्रस्ताव तयार गर्न १० दिन समय माग गरिएको थियो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिँदै प्रचण्डले लगाएको आरोपमा कुनै तुक नरहेको दाबी गरे ।

ओलीले प्रस्तुत गरेको जबाफमा प्रचण्डको भाषा–शैलीमाथि कडा आपत्ति जनाउँदै भनिएको छ– ‘आफ्ना सहयोद्धाका बारेमा प्रयोग गरेका शब्दहरु सोची विचारी नै गर्नुभएको होला । इतिहासको इजलासमा दर्ज भइसकेका यी शब्दका बारेमा सार्वजनिक जवाफदेहिताका लागि तपाईं तयार नै हुनुहुन्छ होला भन्ने मैले ठानेको छु । म भने, बिना कुनै आवेग र उत्तेजना, बिना कुनै आग्रह र आक्रोश आफ्ना विषयहरु राख्नेछु ।’

प्रचण्डलाई प्रश्न गर्दै ओलीको प्रस्तावमा भनिएको छ–
‘पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के होरु यो स्वस्थ नीतिगत बहस हो कि ‘वार किपार’को लडाइँरु यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्णरु तपाईँले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहकोरु एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमारु पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुकोरु प्रस्ताव मार्फत प्रचण्डले पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुको साथै कम्युनिस्ट आन्दोलनलाई गम्भीर संकटमा धकेलिएको ओलीले आरोप लगाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला