पोखरा, १४ मंसिर ।
बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । दुर्घटनामा सबै सकुशल छन् । कैलाश हेलिकप्टर सर्भिसजको नाइन एनए जेजे हेलिकप्टरमा चील ठोक्किएपछि नुवाकोटको बेलकोटमा आकस्मिक अवतरण गरिएको छ ।
हेलिकप्टरमा चालकसहित गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल सवार थिए ।
चरा ठोक्किएपछि हेलिकोप्टरको अगाडिको सिसा फुटेको छ । यस्तै केही यात्रुलाई सामान्य चोट पनि लागेको छ ।
दुर्घटनामा परेको हेलिकोप्टरमा सवार यात्रीको नाम खुल्यो
दुर्घटनामा परेको हेलिकोप्टरमा सवार यात्रीहरुको नाम खुलेको छ । बागलुङबाट काठमाडौंको लागि छुटेको हेलिकप्टर दुर्घटनामा परेको थियो । हेलिकोप्टरमा सवार यात्रीमध्ये एक जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा परेको हेलिकोप्टरमा बागलुङ गलकोट ३ का वडाध्यक्ष वीरजंग भण्डारी, गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल, अमृत खत्री रहेका थिए। दुर्घटनामा परी वडाध्यक्ष भण्डारी सामान्य घाइते भएका छन्। अन्य सबै सकुशल रहेका छन् । उनको हात र खुट्टामा चोट लागेको छ।
कैलाश एयरको हेलिकोप्टरमा चिल ठोक्किएपछि दुर्घटनामा परेको हो। हेलिकोप्टरलाई नुवाकोटमा अवतरण गरिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला