आज पनि सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदैछ ?

रामेछाप खबर संवाददाता

काठमाडौं , १४ मंसिर ।

आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार २०० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । प्यानलसहित मैदान उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् ।

शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले गर्ने निश्चित भएको छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

आइतबार बिहानका राति सार्वजनिक भएको मतपरिणाम अनुसार विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत प्राप्त गरे ।

महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

शनिबार सार्वजनिक मतपरिणाम अनुसार एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ निर्वाचित भएका छन् । वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला