बढ्यो बजाज मोटरसाइकलको मूल्य, यस्तो छ सबै मोडलको मूल्य

रामेछाप खबर संवाददाता

काठमाडौं , १२ मंसिर ।

बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हशंराज हुलासचन्द एण्ड कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मूल्यसूची अनुसार सबै मोडलको मूल्यमा वृद्धि गरिएको छ ।

कम्पनीले अहिले नेपाली बजारमा प्लाटीना, डिस्कभर, पल्सर, एभेन्जर, डोमिनार सिरिजका विभिन्न १४ भेरियन्टमा मोटरसाइकल बिक्री गर्दै आएको छ । बजाजका सबै मोटरसाइकल नेपालमा नै एसेम्वल हुँदै आएको छ । कम्पनीले नयाँ मूल्यसूची अनुसार ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मले मूल्य बढाएको छ ।

कम्पनीले बजाज प्लाटीनाको नयाँ मूल्य १ लाख ७६ हजार ९०० रुपैयाँ, डिस्कभर १२५ ड्रमको १ लाख ९४ हजार ९०० र डिस्कभर डिस्कको २ लाख १ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ ।

पल्सर १२५ को मूल्य २ लाख २९ हजार ९००, पल्सर १५० को २ लाख ६२ हजार ९००, पल्सर १५० ट्वीन डिस्कको मूल्य २ लाख ७३ हजार ९०० बनाएको छ ।

पल्सर एनएस १६० एबीएसको मूल्य २ लाख ९५ हजार ९००, पल्सर एनएस २०० एबीएसको मूल्य ३ लाख ४२ हजार ९०० रुपैयाँ र पल्सर एनएस २०० एबीएस तथा एफआईको ३ लाख ६४ हजार ९०० रुपैयाँ बनाइएको छ ।

पल्सर २२० एफ एबीएसको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ, एभेन्जर २२० को मूल्य ३ लाख ४८ हजार ९००, एभेन्जर १६० को ३ लाख २१ हजार ९०० र डोमिनार ४०० को मूल्य ५ लाख ५४ हजार ९०० रुपैयाँ कायम भएको छ ।