काठमाडौं , ११ मंसिर ।
आज सुन र चाँदी दुवै धातुको मूल्य स्थिर रहेको छ । बुधवार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बिहीवार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन पनि बुधवारकै दर ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार चाँदी पनि स्थिर रहेको छ । चाँदी बुधवारकै दर ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।
सेयर बजारमा रेकर्डै रेकर्ड, लगानीकर्ता मालामाल हुने मौका !
सेयर बजारले निरन्तर उकालो यात्रा तय गरिरहेको छ । साताको अन्तिम दिन आज (बिहिबार) नेप्से परिसूचक १८.४३ अंकले बढेर १८९३.२४ अंकमा पुगेको छ ।
यसैबीच आज नेप्सेले एतिहासिक रेकर्ड कायम गरेकाे छ । बिहीबारको कारोबार समयभन्दा अघि १५ मिनेट खुला हुने प्रि ओपनिङ्ग सेसन नेप्से १.०५ प्रतिशत अर्थात १९.६९ अंकले बढेकाे थियाे । प्रिओपनिङ्गमा नेप्से १ हजार ७९४ दशमलव ७९ अंकमा पुगेको थियाे । काराेबार सुरू हुनासाथ उकालाे लागेकाे बजार ५० अंकसम्म बढेर १९ सय बिन्दु पार गरी यसअघिको उच्च रेकर्ड ब्रेक गरेको थियो कमाउने र गुमाउने अवसर !
केहि दिन अघिदेखि सेयर बजार लगातार बढी रहेको छ । सेयर बजार बढ्नुको कारण दोस्रो बजारमा बेच्नेको भन्दा सेयर किन्ने लगानीकर्ताको भिडको कारण हो । बजारमा विभिन्न कम्पनीको बोनस घोषणा, अघोषित बोनस घोषणाको हल्ला, कम्पनीको वित्तीय विवरणले गर्दा लगानीकर्ताहरु सेयर बजारमा दौडिएका देखिन्छन् । सेयर बजार एउटा उचाइमा पुगिसकेको विश्लेषकहरु बताउँछन् । छोटो सयममा धेरै लगानीकर्ताहरु मालामाल भएका छन् । अहिले बजारमा प्रवेश गर्नु अघि एक चोटी विगतको इतिहासलाई मनन् गर्नु पर्दछ । लगानीकर्ताको मुखबाट सुन्न पाइन्छ -‘मैले १५ सयमा किनेको सेयर अहिले ५ सयमा छ कहिले १५ हुने, बोनस पनि १० प्रतिशत भन्दा धेरै दिन सक्दैन, डुबायो । ‘अहिले पनि यस्ता कुरा सुन्न पाइन्छ । त्यसैले अहिले लगानी गर्नु भनेको धेरै जोखिम, धेरै नाफा कमाउने अवसर पनि हो ।
जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अबश्य हुन्छ । सेयर बजारलाई जती अबसरको खानिको रुपमा लिइन्छ, त्यस्मा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामिले बिर्सनु हुँदैन । एकदमै सजग र सजगतापुर्वक आफु कत्तिको जोखिम बहन गर्न सक्छु र कम्पनिको बिगतका र भविष्यमा गर्नसक्ने प्रगतिको विवरण बुझ्दैं लगानी गरौँ र हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी नगरौं ।
त्यसपछि अपडाउन हुँदै बजार बन्द हुने बेलासम्ममा नेप्से १८९३.२४ अंकमा पुगेर अड्किएको हो । यस्तै सेन्सेटिभ परिसूचक भने २.९५ अंकले घटेर ३६५.१८ मा पुगेको छ ।
कूल २०१ वटा कम्पनीकाे एक कराेड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे मात्र शेयर घटेकाे छ ।