काठमाडौं , ९ मंसिर ।
कोरोनाका कारण बन्द रहेको नयाँ श्रम स्वीकृति कतारका लागि खुलेको छ । रोजगारीका लागि कतारमा नयाँ श्रम स्वीकृति लिएर जानेका लागि बाटो खुलेको हो ।
यसअघि बिदामा गएकालाई लिँदै आएको कतार सरकारले अघिल्लो साता सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्नसक्ने बताएको थियो । यो सँगै नेपाली श्रमिकका कतार जाने बाटो खुलेको हो ।
गोरखापत्रमा छापिएको एक समाचार अनुसार, कतारस्थित नेपाली दूतावासले पनि आइतबारदेखि नयाँ मागपत्र प्रमाणीकरणको काम थालेको जनाएको छ । कतार सरकारको सूचना आएसँगै दूतावासले नयाँ मागपत्र प्रमाणीकरण थालेको जानकारी गराएको हो ।
कोरोनाका कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जो खि म को सूचीमा राखेको थियो । विभिन्न देशका नागरिकका लागि कतार सरकारले नयाँ श्रम पनि खुलाएको थिएन तर अब भने त्यो प्र ति ब न्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको छ ।
कतारले गरेको पछिल्लो घोषणाअनुसार अब वैदेशिक रोजगार व्यवसायी म्यानपावर कम्पनीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतारका लागि नेपाली दूतावासले जानकारी गराएको गोरखापत्रमा समाचार छ ।