काठमाडौं ,८ मंसिर ।
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८ सय निर्धारण गरिएको छ । त्यसैगरी, चाँदी आज प्रतिताेला एक हजार २ सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।
यी २ लघुवित्तको एकिकृत कारोबार आजबाट
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । यी २ लघुवित्तले आज (मंसिर ८ गते, साेमबार) देखि एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जर पश्चात अब यी २ संस्थाको “महुली लघुवित्त वित्तीय संस्था लिमिटेड” को नामबाट एकीकृत कारोबार हुनेछ ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई कार्तिक १९ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको वैशाख १७ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि कार्तिक २४ गते स्वीकृती प्रदान गरिसकेकाे छ ।