सुनको मुल्य डेढ महिनायताकै सस्तो

रामेछाप खबर संवाददाता

काठमाडौं ,६ मंसिर ।

नेपाली बजारमा आज सुनको मुल्य डेढ महिनायताकै सस्तो भएको छ । गत असोज ११ गते ९३ हजार ३ सय मा कारोबार भएको सुनको मुल्य त्यसयता आजको दिन सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज अर्थात साताको अन्तिम दिन छापावाल सुन तोलाको ९४ हजार र तेजावी सुन तोलाको ९३ हजार ५सय मा कारोबार भैरहेको छ ।

भोली शनिबार सुनचाँदको नयाँ मुल्य निर्धारण नहुने भएको हुनाले शनिबार पनि शुक्रवार तोकिएकै मुल्यमा कारोबार हुने गरेको छ ।

आज चाँदीको मुल्य तोलाको १ हजार २१० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन एडिबीले दियो १७ अर्ब ७० करोड ऋण

एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ ।

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।