काठमाडौं , ४ मंसिर ।
Gold bars
सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै चाँदी भने प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।