बुधवार सुनको मूल्य घट्दा चाँदी भने बढ्यो

रामेछाप खबर संवाददाता

काठमाडौं , ३ मंसिर ।

बुधबार सुनको भाउ घटेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

कस्तो छ बुधवारको विदेशी मुद्रा विनिमयदर ?

तिहार पर्व पछि खुलेको बजारमा बुधवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ ८५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४१ रुपैयाँ १६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८८ पैसा तोकेको छ ।

बुधवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ७७ पैसा रहेको छ ।