काठमाडौं , १ मंसिर ।
हङकङमा आगलागीमा परी सात नेपालीको मुत्यु भएको छ। तिहार मनाउन क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा जम्मा भएको बेला सो आगलागी परी नेपालीहरुको मुत्यु भएको बताइएको छ।
मुत्यु हुनेहरुमाा चार जना पुरुष र तीनजना महिला छन् । तीमध्ये एकजना ९ बर्षिय बालिका रहेको बताइएको छ ।
साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको समाचार दिएको छ। सो आगलागीमा परी १८ जना घाइते भएको र उनीहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई विभिन्न अस्पताल उपचारको लागी लगिएको छ।
मृतक नेपालीहरुको परिचय अहिलेसम्म खुल्न सकेको छैन। फाईल तस्विर
काेराेना कहिले सामान्य हुन्छ ? हेर्नुस् खाेप निर्माताको भनाइ
कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण विकास भई हिउँदसम्ममा जनजीवन सामान्य हुने बताएका हुन्।
जर्मन औषधि उपत्पादक कम्पनी बायोटेक र फाइजरले विकास गरिरहेको कोरोना खोपको प्रारम्भिक परीक्षण नतिजाअनुसार ९० प्रतिशत कोभिड–१९ बाट बचाउने उद्घोष गत साता गरेका थिए। बीबीसीका अनुसार खोपको अन्तिम चरणको परीक्षणमा करिब ४३ हजारले सहभागिता जनाएका थिए।
यसैगरी प्राध्यापक सहिनले सो खोप लगाएका मानिसबाट कोरोना नसर्ने र लक्षणहरू समे देखा नपर्ने विश्वास व्यक्त गरेका छन्।
‘यस्तो प्रभावकारी खोपले संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्नेमा म निश्चिन्त छु’, उनले भने, ‘सायद ९० प्रतिशत नहालो ५० प्रतिशत चाहिँ नसर्नेमा ढुक्क छु। तर यसले महामारीको फैलावटलाई नाटकीय ढंगमा घटाउने कुरा चाहिँ बिर्सन हुँदैन।