काठमाडौं , २८ कार्तिक ।
साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।
यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ ।
दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब १८ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १०.८२ अंकले बढेको छ।
बढेको बजार १७१८.४९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३३८.८९ विन्दुमा पुगेको छ।
बिहीबार १९८ कम्पनीको १ करोड २१ लाख सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बैंकिङ समूहको उपसूचक १०.२१, व्यापार १६४.७१, निर्जिवन बिमा ३९.१६, अन्य २८.३८ र म्युचुहल फण्डको उपसूचक ०.०१ अंकले बढेको छ।
होटल समूहको उपसूचक १८.४१, विकास बैंक ४.४७, जलविद्युत् ६.४५, फाइनान्स ३.६५, उत्पादन ३०.८६ र जीवन बिमा समूहको उपसूचक २८.९२ अंकले घटेको छ।
आज बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन्।