मेष
प्रियजन भेट हुनुको साथै आधित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।
बृष
पढाइ लेखाइमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । भौतिक सम्पत्ति तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि नहुन सक्छ । तरपनि आफन्त तथा सन्तानको सहयोगले राम्रा काम गर्न सकिनेछ । अन्य व्यावसाय मध्ययम रहेपनि बित्तिय क्षेत्रको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मिथुन
कामगर्दा सचेतना अपनाउनु होला, खुट्टा तान्ने तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक कामको जिम्मेवारी बढेतापनि उपलब्धी हासिल हुने छैन । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना नहोला भन्न सकिन्न । आर्थिक अपारदर्शिताकै कारण अरुले औला उठाउन सक्छन् । प्रणय सम्बन्धमा केहि मनमुटाव बढ्नेछ ।
कर्कट
लेखन कला तथा साहित्यमा समय लगानि गरि आफ्ना सिर्जनाहरु जनमानसमा लैजान सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
सिहं
समय मध्ययम रहेकोले कन्फिडेन्ट पावरमा कमि हुने तथा आत्तिने बानिले गतल निर्णय हुनेछन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुसँग साना साना कुरामा राय बाजिनेछ । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चनेहरुका लागि समय मध्ययम रहेकोछ । तरपनि गित संगित तथा साहित्य लेखनमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ ।
कन्या
राजनीति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
तुला
आफन्त तथा साथिभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । यात्रा हुने तथा बिदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
बृश्चिक
सामाजिक तथा तारिफयोग्य काम गरि चर्चामा आउन सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा राम्रो प्रगति हुने तथा पुरस्कार जित्न सकिनेछ ।
धनु
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पति प्राप्त हुनेछ ।
मकर
प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनीति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्ने हुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला ।
कुम्भ
ठुला तथा महत्वकाक्षी योजनाहरुका लगानि गर्नको लागि केहि समय कुर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यका लागि योग तथा साधनमा ध्यान दिनुनै उत्तम रहनेछ । पढाइ लेखाइमा मन नजादा नतिजा तथा पुरस्कार अरुकै हातमा जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन
मनपरेको मानिससँग रमाईलो यात्रामा निश्कन सकिनेछ । व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ भने व्यापारकै सवालमा देश बिदशका यात्राको तय गर्न सकिनेछ । अथितिको रुममा सम्मान पाईने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । स्थाई सम्पति जोडने योग रहेकोछ । साझेदारी व्यावसायबाट भनेजस्तो आम्दानि हुने योग रहेकोछ ।