तिहारमा मोटरसाइकल किन्नेहरुका लागी आयो खुशीको खबर

रामेछाप खबर संवाददाता

काठमाडौं , २५ कार्तिक ।

अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको पल्सर बाइक ! बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ किन्ने सोच बनाएका ग्राहकले मासिक ८ हजार ८८७ रुपैयाँ किस्ता तिरेर किन्न सक्ने छन् ।

कम्पनीले आज सार्वजनिक गरेको स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १६ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् । पल्सर १२५ को मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ । यस्तोमा २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ४५ हजार ३८० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने १ लाख ८१ हजार ५२० रुपैयाँ २४ किस्तामा तिर्नेगरि कर्जा लिन सक्ने छन् ।कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा पल्सर १२५ दिने छ । बाँकी रकम ग्राहकले १७ किस्तामा तिरिसक्नु पर्ने हुन्छ ।

३५ प्रतिशतभन्दा माथि डाउन पेमेन्ट गर्ने र नगदमै मोटरसाइकल किन्ने ग्राहकले भने नगद १० हजार रुपैयाँ नगद छुट पाउने छन् ।
यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।