मंगलबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

रामेछाप खबर संवाददाता

काठमाडौं , २५ कार्तिक ।

नेपाली बजारमा केही दिनबाट लगातार बढ्दै गइरहेकाे सुनकाे मूल्य आज (मंगलबार) पनि भने घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार २ सय रूपैयाँमा काराेबार भएको थियो ।

यस्तै तेजावी सुन प्रतिताेला ९४ हजरा ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीकाे मूल्य पनि तोलामा ७० रुपैयाँले घटेर प्रतिताेला एक हजार २ सय १५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ -अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताउनु भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताउनु भएको हो ।

उहाँले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताउनुभयो । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराउनु भएको थियो ।

आर्थिक वर्ष २०७७र७८ को बजेट कार्यान्वयन, विशेष गरी पूँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिलाई तिव्रताका साथ अघि बढाउनेमा जोड दिइएको थियो ।