फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

रामेछाप खबर संवाददाता

कात्तिक,२१ काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको कारोबार भइरहेको हो ।

छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार दुई सय रूपैयाँ तोकिएको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको छ। बिहीबार एक हजार दुई सय १० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार दुई सय ५५ रूपैयाँ पुगेको हो।

‘सार्क राष्ट्रमा डिजिटल कमन करेन्सी’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रमा डिजिटल कमन करेन्सी प्रचलनमा ल्याउनुपर्ने बताउनुभएको छ ।

सन् २०२० का लागि सार्क फाइनान्सको ४०औं भर्चुअल बैठकमा सहभागी हुँदै गभर्नर अधिकारीले डिजिटल कमन करेन्सी प्रचलनमा ल्याउन सार्क फाइनान्स स्तरमा अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।

अधिकारीले यूरोपका देशहरुले यूरोलाई कमन करेन्सीको रुपमा प्रचलनमा ल्याएको जस्तै सार्क राष्ट्रहरुले पनि भर्चुअल कमन करेन्सी प्रचलनमा ल्याउनुपर्ने धारणा राख्नुभयाे । बैठकमा उहाँले कोेभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्य रुपमा वृद्धि भएको र यसले वित्तीय पहुँचमा वृद्धि हुने धारणा समेत राख्नुभएको छ ।

बैठकमा सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नरलगायतकाे सहभागी थियाे ।