आज घट्यो सुनको मूल्य, भाउँ कति ?

रामेछाप खबर संवाददाता

कात्तिक ,२० काठमाडौं ।

आज सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो भने चाँदी ५ रुपैयाँले बढेको हो ।

बुधबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी चाहिँ आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनआईसी एशिया बैंकले ल्यायो ”दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’’

एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको अवसर पारेर ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरु सामु ल्याएको हो ।
नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको बैकलृ दाबी गरेको छ ।

यस योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिएको छ ।

यो योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रीम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुररशुल्क नलाग्ने बैंकले जनाएको छ ।

साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन गरिने छैन ।

कर्जाका लागि अनलाइनबाटै बैंकको वेबसाइटमार्फत् कर्जाका योग्यता जाँच गरी आवेदन दिन सकिनेछ । यो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार टर्म लोन वा ओभरड्राफ्ट कर्जा लिन सकिनेछ ।

बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधि सम्मको अवधि हुनेगरी (अर्थात् २५ वर्षसम्मको अवधि हुने गरी० अत्यन्त लचिलो विशेषताहरु समेत समेटी घर कर्जा र सवारी साधन कर्जाको कोम्बो प्रोडक्ट को रुपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ ।

यस बाहेक पनि सवारी साधनकर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्करदस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराउने छ ।

उपरोक्त उल्लेखित प्रकारको उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरु भएको होम लोन प्रोडक्ट जारी गर्ने एन आई सी एशिया बैंक देशकै पहिलो र एक मात्र वाणिज्य बैंक हो र यसबाट हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुन सक्ने बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले दाबी गरेका छन् ।
त्यस्तैगरी बैंकले समुन्नती बचत खातामा वार्षिक ९ प्रतिशत सम्म व्याज प्रदान गर्दै आएको छ । बैंकको हालसम्म १२५ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउण्टरहरु र ११९ एटिएम सञ्चालनमा छन् । शाखा सञ्जाल, ग्राहक आधार र वासलातको आकार लगायतको दृष्टिकोणले एन आई सी एशिया बैंक देशकै अग्रणी बैंक मध्ये एक हो ।