आज पनि घट्यो सुनको मूल्य

रामेछाप खबर संवाददाता

पोखरा, १४ मंसिर ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत हप्ता तोलामा ३ हजार रुपैयाँ घटेको सुनको मूल्यले यो हप्ताको पहिलो दिन आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो । यस्तै आइतबार चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । प्यानलसहित मैदान उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् ।

शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले गर्ने निश्चित भएको छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

आइतबार बिहानका राति सार्वजनिक भएको मतपरिणाम अनुसार विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत प्राप्त गरे ।

महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

शनिबार सार्वजनिक मतपरिणाम अनुसार एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ निर्वाचित भएका छन् । वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला