शुक्रबार सुनचाँदीको मूल्य ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार?

रामेछाप खबर संवाददाता

काठमाडौं , १२ मंसिर ।

नेपाली बजारमा आज (शुक्रबार) सुनमा सामान्य अंकले गिरावट आएको छ । शुक्रबार सुनकाे मूल्यमा सामान्य गिरावट आएको हो। शुक्रबार सुनकाे मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतिताेला ९१ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार एक सय ६५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

नेप्सेमा यी ६ वटा कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

यस साता नेपाल स्टक एक्सचेन्जमा ६ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । जसमध्ये ३ कम्पनीको साधारण सेयर (आइपिओ), २ वटा कम्पनीको बोनस सेयर र एउटा कम्पनीको हकप्रद सेयर रहेको छ ।

कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्सिर ५ गते शुक्रबार ३ वटा कम्पनीको आइपिओ सूचिकृत भएको छ । जसअन्तर्गत विकास ऋणपत्र २०८६ ‘घ’ को २० करोड कित्ता, विकास ऋणपत्र २०८४ ‘घ’ को १० करोड कित्ता, विकास ऋणपत्र २०८७ ‘घ’ को २० करोड आइपिओ नेप्सेमा सुचिकृत भएको हो ।
त्यस्तै मङ्सिर ८ गते सोमबार नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७ सय ८६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

स्टकका अनुसार मङ्सिर ९ गते मंगलबार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद सेयर सूचिकृत गरिएको छ ।

त्यसैगरी आज (मङ्सिर १२ गते शुक्रबार) नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।