सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि

रामेछाप खबर संवाददाता

काठमाडौं ,८ मंसिर ।

नेपाली बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ।

मूल्य बढेसँगै छापावाल सुनको भाउ प्रति तोला ९४ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावल सुनको मूल्य ९४ हजार तथा तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा नबढेको महासंघले जनाएको छ। चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

अक्सफोर्डको कोरोना खोप बृद्धका लागि पनि प्रभावकारी

अक्सफोर्ड युनिभर्सिटीको कोरोना भाइरस खोपले ५६ देखि ६९ र ७० बर्ष भन्दा बढी उमेरका स्वस्थ ब्यक्तीमा प्रतिरोधात्मक क्षमता उत्पन्न गराएको दावी गरिएको छ । द लान्सेटले प्रकासित गरेको ५ सय ६० स्वस्थ ब्यक्तीमा गरिएको एक अध्ययनको डाटामा उक्त तथ्य उल्लेख गरिएको हो ।

उक्त सोधपत्रमा सीएचएडीओएक्स १ एनकोव १९ खोपलाई सुरक्षित भएको बताइएको छ र यसमा कुनै गम्भिर प्रकारको साइड इफेक्ट पनि देखिएको छैन । बढी उमेरका ब्यक्तीहरुमा कोविड १९ संक्रमणको जोखिम धरै हुने भएकोले यो नतिजा उत्साहजनक भएको शोधकर्ताहरुले बताए ।

त्यसैले धरै उमेर समुहका ब्यक्तीहरुका लागि प्रभावकारी हुने खोप विकसित हुन आवश्यक महसुस गरिएको थियो । अक्सफोर्ड खोप समुहमा आवद्ध डाक्टर महेसी रामासामीले बढी उमेर समुहका ब्यक्तीहरुमा खोपको राम्रो परिणाम आएकोमा खुसी ब्यक्त गरे । बेलायतले अक्सफोडको यो खोपको १० करोड खुराक पहिले नै अर्डर दिइसकेको छ ।

तेस्रो चरणको परीक्षणमा रहेको यो खोपको प्रारम्भिक परिणाम आगामी केही हप्तामा आउने अपेक्षा गरिएको छ । अहिलेसम्मको नतिजाले अधिक आयुका वयस्कका लागि राम्रो प्रभावकारी रहेको मात्र नभइ युवा स्वयंसेवकहरुमा पनि समान रोग प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गरिरहेको रामासामीले बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।