अन्ततः दुवै पदबाट राजिनामा दिने प्रधानमन्त्री ओलीको तयारी

रामेछाप खबर संवाददाता

काठमाडौं , ७ मंसिर ।

पार्टीमा आन्तरिक किचलो बढ्दै गएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको मुड परिवर्तन भएको छ । पार्टीका सल्लाहकार प्रदीप नेपालका अनुसार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ नेताहरुले मोर्चाबन्दी गरेपछि प्रधानमन्त्री ओलीले पार्टीका सबैले राजीनामा गर्नुपर्ने बताएका हुन् ।

पार्टीका सल्लाहकार प्रदीप नेपालले सामाजिक सञ्चाल फेसबुकमा राख्नुभएको स्ट्याटस् अनुसार ओलीले पार्टी भित्रको कचकच मिलाउन सबैले राजीनामा गर्नुपर्ने बताएका छन् ।
हेर्नुहोस् यस्तो छ उनको स्टाटस:
‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी भित्रको कचपच मिलाउन सबैले राजीनामा गरौं भन्नु भएछ। हुर्रा !’

कांग्रेसलाई यी ८ शक्तिशाली मन्त्री दिएर सरकार बनाउदै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शनिबार भेटेर ८ मन्त्रालयसहित संयुक्त सरकार बनाउन आग्रह गरेका छन्बा लुवाटारमा शनिबार भएको कांग्रेस सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले ८ मन्त्रालय लिन र सरकारमा आउन आग्रह गरेका हुन्।

नेपाली कांग्रेसका सभापति देउवा निकट स्रोतका अनुसार उनले ओलीलाई पार्टीमा सल्लाह नगरी यस विषयमा केही भन्न नसक्ने जवाफ दिएका छन्।ओलीजीसँगको भेटमा सभापतिले प्रचण्डसँग मिलेर जानुस् भन्नु भएको छ, भेटमा ८ मन्त्रालय लिएर साझा सरकार गठनका लागि ओलीले प्रस्ताव गरेको बुझेको छु,’ देउवा निकट एक नेताले भने।

भेटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता संकटमा पुगेको निष्कर्ष ओलीले देउवालाई सुनाएको स्रोत भनाई छ। ८ मन्त्रालय दिनुस्, साझा सरकार बनाऔं, अब पार्टी एकता भनेर सँगै बस्न सक्ने अवस्था छैन, त्यसैले मैले तपाईलाई बोलाएको हुँ,’ ओलीको भनाई उद्धृत गर्दै देउवा निकट स्रोतले भन्यो।

स्रोतका अनुसार प्रचण्डले शुरुआती दिनमा सहयोग गरेजस्तो गरे पनि अहिले आफूविरुद्ध गम्भीर आरोपमा उत्रिएकाले पार्टीको एकता संकटमा परेको ओलीको धारणा थियो।

तर, सभापति देउवाले कोरोना प्रकोपको संक्रमण र प्रभाव नियन्त्रण बाहिर जान नदिन उचित कदम चाल्न र पार्टीमा सल्लाह गरेर मात्रै निर्णयहरू गर्न सुझाव दिएका छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।