बिदेश पठाउने भन्दै गाउँका सोझी युवतीलाई पोखराको होटलमा लगेर…

रामेछाप खबर संवाददाता

काठमाडौं ।

दुई युवकले गाउँका सोझी दुई युवतीलाई बिदेश लैजाने र राम्रो जागिर लगाइदिने प्र’लोभन दिन्छन् । उनीहरुले ती युवतीलाई राम्रो कमाई हुने र केही ब’र्षभित्रै लाखौं कमाउन सकिने लो’भ देखाउँछन् । उनीहरुको आश्वासनमा केटीहरु पर्छन् ।

ती युवतीहरुलाई उनीहरुले फकाएर पोखरा त्याउँछन् । उनीहरुले युुवतीका लागि कागज पनि आफैं बनाइदिने र लाग्ने पैसा पनि आफैं तिरिदिने बताइ सकेका हुन्छन् । ती युवतीलाई उनीहरुले एक होटलमा राख्छन् ।

उनीहरुको नियत भने गलत हुन्छ । त्यसैले उनीहरु यु’वतीलाई होटलमा राखेर बाहिर निस्कन्छन् । बाहिर उनीहरु ग्राहकको खोजीमा लाग्छन् । उनीहरुको मनसाय यु’वतीलाई अनैतिक काममा लगाउने हुन्छ ।

ती दुई युवाहरु कास्की मादी गाउँपालिका–१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली र काभ्रे पाँचखाल नगरपालिका–४ तामाघाट बस्ने २६ वर्षीय आशिष भुजेल हुन् ।उनीहरुलाई पोखराकै एक महिलाले समेत साथ दिएकी थिइन् । ती महिला कास्की पोखरा महानगरपालिका–४ बगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ हुन् ।

उनीहरुको सपना भने त्यतिखेर सकिन्छ, जब उनीहरुलाई प्रहरीले प’क्राउ गर्छ । तीनै जनालाई कारवाहीका लागी अनुसन्धान भईहेको साथै ती युवतीहरुको मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखिएको प्रहरीले बताएको छ ।युवतीहरुलाई चाँडै नै आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।