चलिरहेको स्कुटरमा कांग्रेस युवा नेतृ दिपाको घाँ’टीको सि’क्रि ता’नेपछि….हेर्नुहोस !

रामेछाप खबर संवाददाता

धनगढी , २८ कार्तिक ।

कैलालीमा मोटरसाइकल दु’र्घटनामा परी एक महिलाको मृ’त्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा गएराति ८ बजेतिर पूर्व’बाट पश्चिमतर्फ आ’उँदै गरेको से ४ प ९२५६ न’म्बरको मो’टरसाइकलले ठ’क्कर दिँ’दा महिलाको मृ’त्यु भएको जि’ल्ला प्रहरी

का’र्यालय कै’लालीले बताएको छ । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पहिचान न’खुलेकी अ’न्दाजी ३५ वर्षीया ती महिलाको टीकापुर अस्प’तालमा उपचारका क्रममा मृ’त्यु भएको हो । मोटरसाइकल र चालक ३६

वर्षीय प्रेम साउ’दलाई नि’यन्त्रणमा लि’ईएको प्रहरी प्रवक्ता बि’ष्टले जानकारी दिए । म’हिलाको श’व भने टी’कापुर अस्प’तालमै रहेको उनले जनाए । **फाइल तस्बिर

आफ्नो गुटमा ल्याउँन वामदेवलाई ओलीको यति ठूलो अफर !

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई अत्यन्तै ठूलो अफर गरेको खुल्न आएको छ । पार्टीभित्रको आन्तरीक सकस पार गर्न आफ्नो गुटमा आए आगामी महाधिवेशनमा अध्यक्ष नै बनाउने अफर ओलीले गौतमलाई दिएको खुल्न आएको हो ।
स्रोतले दिएको जानकारीअनुसार ओलीको यो प्रस्ताव लिएर उनका विश्वासपात्रहरु गत मंगलबार नै नेता गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका थिए । प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु गौतमलाई भेट्न उनको निवास नै पुगेका थिए । र, उनीहरुले आगामी महाधिवेशनमा अध्यक्ष बनाउने ओलीको अफर उनलाई सुनाएका थिए । तर अहिले ओलीको कित्तामा स्पष्ट उभिनुपर्ने ओली पक्षको अडान छ । गौतम गुट मात्रपनि ओलीको कित्तामा उभिए ओलीलाई सहज हुनेछ ।

पार्टीभित्रको शक्ति–संघर्षपछिको टकराव नियन्त्रणमा लिन ओली पक्षले नेता गौतमलाई आफ्नो पक्षमा तान्नका लागि हरसम्भव प्रयास गरिरहेको छ । पछिल्लो समय नेता गौतम अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालको समूहमा नजिक देखिएपछि उनीहरु जसरीपनि गौतमलाई तान्ने प्रयासमा छन् । ओलीको प्रस्तावमा नेता गौतमले ‘छलफल गरौंला’ भन्नेमात्रै जवाफ दिएको बुझिएको छ ।

गत असार १० गतेदेखि सुरू भएको पार्टीको स्थायी कमिटीको बैठकमा नेताहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि बैठक बारम्बार स्थगित भएको छ । तर, ओलीले भने कुनैपनि हालतमा आफूले दुवै पदबाट राजीनामा नदिने अडान कायमै राखेका छन् । यही रस्साकस्सीबीच स्थायी कमिटीको बैठक साउन १३ गते बस्नेगरि स्थगित भएको छ । भर्खरै बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव ल्याएका छन् ।

र, उक्त प्रस्तावमा अर्का अध्यक्ष दाहालको पनि समर्थन रहेको कुरा बाहिर आएको छ । सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वय ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । यो खबर मिडियामा आएपछि एक किसिमको सनसनी फैलिएको थियो । कतै ओलीसँग मिलेर प्रचण्डले माधब नेपाल र झलनाथ खनाल पक्षलाई धोका त दिएका हैनन् भन्ने त्रास कायमै छ । तर प्रचण्डले कुनै सहमति नभएको स्पष्ट पारेपछि केही मत्थर भएको बुझिएको छ । तर पछिल्लो समय प्रचण्डले बोली फेरेको आरोप नेताहरुले लगाइरहेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।